काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको मतदान सुरु भएको ४ घण्टामा ३ सय ५० मत खसेको छ ।
निर्वाचन आयोगका सचिव अधिवक्ता डाक्टर कुन्साङ लामाका अनुसार ३ सय ५० मत खसिसकेको छ भने ८० जना मतदाताले अहिले मतदान गरिरहेका छन् ।
एमालेको ११ औं महाधिवेशनको मतदान बिहान ९ बजेर २१ मिनेटबाट सुरु भएको हो ।
एमालेका कुल २ हजार २६२ महाधिवेशन प्रतिनिधि रहेका छन् ।