इस्लिङ्टनको १६ औं  दीक्षान्त समारोह : टपर ८ जना सम्मानित, चार जनाले पाए छात्रवृत्ति

काठमाडौं । इस्लिङ्टन कलेजको १६ औं दीक्षान्त समारोह सकिएको छ । स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गर्दै दुईदिने दीक्षान्त समारोह सकिएको कलेजले जनाएको छ । 

दीक्षान्त समारोहमा स्नातक तह अन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, बीए (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) एड्भर्टाइजिङ एण्ड मार्केटिङ तथा बीए (अनर्स) इभेन्ट्स एण्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थीहरू सहभागी थिए । 

स्नातकोत्तर तहअन्तर्गत एमएससी आईटी, एमबीए तथा एप्लाइड सेक्युरिटी कार्यक्रमका विद्यार्थीहरू दीक्षित भएका थिए ।

दीक्षान्त समारोहमा  सर्वोत्कृष्ट र उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मानसमेत गरिएको छ ।  

null

सम्मानित हुनेमा एमबीए कार्यक्रमबाट आशुतोष राजभण्डारी, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ तथा आईटी सेक्युरिटीमा अम्स घिमिरे, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजीमा साहस शाक्य, बीएससी (अनर्स) कम्प्युटिङमा क्षितिज श्रेष्ठ रहेका छन् । 

यस्तै, आईटी विषयको अन्तिम वर्ष परियोजनामा टपर प्रशिदिका तिवारी, बीएससी (अनर्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्समा टपर प्रशिदिका तिवारी, बीएससी (अनर्स) कम्प्युटिङ विथ मोबाइल एप्लिकेशन डेभलपमेन्टमा टपर प्रयत्न राजकर्णिकार, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशनमा टपर अनुश नेपाल, तथा बीए (अनर्स) अकाउन्टिङ एण्ड फाइनान्समा टपर सुश्री प्रतीक्षा गुरुङ रहेका छन् ।

चार जना विद्यार्थीले पाए अन्तर्राष्ट्रिय छात्रवृत्ति इस्लिङ्टनले विद्यार्थीलाई दीक्षित गर्नुका साथै छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । 

कलेजले प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति तथा इन्टरनेशनल स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरेको छ । 

यस वर्षको प्रतिष्ठित इन्टरनेशनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको छ । करिब १.५ करोड रुपैयाँभन्दा बढी बराबरको यस छात्रवृत्तिले ट्युशन शुल्क, आवास खर्च तथा दुईतर्फी हवाई भाडासमेत समेट्ने गर्दछ ।

त्यस्तै, इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरे र आयेशा नकर्मीलाई प्रदान गरिएको छ । यी विद्यार्थीहरूले इनोभेट नेपाल ग्रुप अन्तर्गतका कलेजहरूमा स्नातकोत्तर अध्ययन निरन्तरता दिनेछन् भने समूह अन्तर्गतकै संस्थामा कार्य गर्ने अवसरसमेत प्राप्त गर्नेछन् ।

२५  वर्षदेखि सूचना प्रविधि, व्यवसाय प्रशासन तथा सम्बन्धित क्षेत्रमा स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्य, उच्चस्तरीय शैक्षिक अभ्यास तथा विश्वव्यापी प्रतिस्पर्धामा सफल हुने दक्ष जनशक्ति उत्पादनप्रति कलेज निरन्तर प्रतिबद्ध रहँदै आएको छ ।

Share News