एमाले महाधिवेशनः मतदान सुरु, ओली र पोखरेलले खसाले मत

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको पटकपटक सरेको मतदान सुरु भएको छ । प्राविधिक समस्या व्यवस्थापन गरि मतदान सुरु गरिएको निर्वाचन आयोगलाई उद्धृत गर्दै मतदान स्थलमा रहेका नेता कर्ण थापाले जानकारी दिए ।

उनले भने केही प्राविधिक समस्याले ढिलो भएको मतदान सुचारु भएको जानकारी दिए । 

अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु भएको हो ।

एमालेको निर्वाचन मङ्गलबार बिहानदेखि अहिलेसम्म ७ पटक स्थगन भएको थियो । मङ्गलबार बिहान ९ बजेका लगि तय भएको मतदान ११ बजेसम्मका लागि सारिएको थियो ।

बिहान ११ बजे १ बजेसम्म मतदान स्थगित गरियो । मध्यान्ह १ बजे भनिएको मतदान ४ बजेसम्मका लागि भनेर रोकियो । ४ बजेपछि ७ बजे र ८ बजेका लागि तोकियो । साँझ ८ बजे मतदाता लाइन बसेपछि स्थगन गरिएको मतदान आज ९ बजेर २१ मिनेटमा सुरु भएको हो ।

Share News