काठमाडौं । नेकपा एमालेको मतदान स्थगित भएको छ । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरू पालो कुर्दै लामबद्ध भइरहेको अवस्थामा मतदान स्थगित भएको हो ।
भोलि (बुधबार) बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिए ।
प्रतिनिधिहरू भोट हाल्न केही समय लाइन बसेका थिए । केही बेरमा मतदान हुने भनिए पनि अन्तिममा आएर प्राविधिक कारण कारण मतदान स्थगित भएको बताइएको छ ।