काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी केपी शर्मा ओली प्यानलमा रघुजी पन्त समेटिएका छन् ।
महासचिवको दाबी गरेका नेता प्रदीप ज्ञवालीले ओलीको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी नदिएपछि पन्तलाई समेटिएको हो ।
स्वतन्त्र उम्मेदवारी दिएका पन्तलाई मतदानभन्दा केही समय पहिले ओली प्यानलमा समेटिएको हो ।
पन्त ०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनमा सामाजिक जनवादको कार्यक्रम ल्याएर आफ्नै कार्यक्रमलाई मत नदिने नेतासमेत हुन् ।