राष्ट्रपतिका सल्लाहकार थापाले दिए राजीनामा, सक्रिय राजनीतिमा फर्किने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले राजीनामा दिएका छन् । 

नेपाली कांग्रेसका पूर्वसहमहान्त्रीसमेत रहेका थापाले फेरि सक्रिय राजनीतिमा फर्किनका लागि राजीनामा दिएको बताएका छन् ।

आसन्न राष्ट्रियसभा निर्वाचनमा धनकुटाबाट सिफारिससमेत भएका थापाले आफू सक्रिय राजनीतिमा फर्कन चाहेको बताएका छन् । 

विकासन्युजसँग कुरा गर्दै थापाले भने, ‘पार्टीको महाधिवेशनसमेत आएकोले त्यसको तयारी समेत गर्नुपर्ने भएकोले मैले राष्ट्रपतिज्यूको सल्लाहकार पदबाट राजीनामा दिएको हुँ ।’

थापाले कांग्रेसको पदाधिकारी तहमा दाबी रहने संकेतसमेत गरेका छन् । 

उनले भने, ‘आसन्न आम निर्वाचन र पार्टीको महाधिवेशनलाई सफल बनाउन मैले आफू समेत सक्रिय हुनुपर्ने ठानेर राजीनामा दिएको हुँ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत रहेका सुनिल राजनीतिमा आएको छोटो समयमा सफलताको स्वाद चाख्ने नेता हुन् ।

Share News