सानिमा रिलायन्स लाइफको १०.१७ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

Share News