फेरि सर्‍यो एमालेको मतदान समय

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको निर्वाचन अपराह्न ४ बजेपछि मात्र सुरु हुने भएको छ । विद्युतीय भोटिङ मेसिनको परीक्षण र कोडिङ गर्नुपर्ने भएकाले मतदान केही ढिलो हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोग र प्राविधिकहरू मेसिनको परीक्षणमा बिहानदेखि लागे पनि ४ बजेअघि कोडिङको काम नसकिने आयोगको अनुमान रहेको छ ।

यसअघि बिहान ११ बजेदेखि मतदान हुने भनिए पनि त्यसलाई सारेर मध्याह्न १ बजे मतदानको व्यवस्था मिलाइएको थियो ।

Share News