काठमाडौं । जर्मनीका वित्तीय नियामकले सोमबार अनलाइन बैंक एन-२६ माथि प्रतिबन्ध लगाएकाे छ । यो ऋणदातालाई प्रभावित गर्न सक्ने पछिल्लो हलचल हो ।
‘विशेष गरी जोखिम र गुनासो व्यवस्थापन र ऋण व्यवसायसम्बन्धी उक्त संस्थामा गम्भीर कमजोरीहरू थिए,’ वित्तीय संस्थालाई नियमन गर्ने अनुगमनकारी संस्था बाफिनले भनेको छ।
बाफिनले गत वर्ष एन-२६ विशेष लेखापरीक्षण गरेको थियो । बाफिनले एन-२६ लाई समस्याहरू समाधान गर्न कदम चाल्न आदेश दिएको र बैंकको प्रगतिको अनुगमन गर्न ‘विशेष प्रतिनिधि’ नियुक्त गरिरहेको बताएको छ।
‘बैंकलाई नेदरल्यान्ड्समा नयाँ धितो ऋण सञ्चालन गर्नबाट पनि रोकिएको थियो र थप पुँजी राख्न आदेश दिइएको थियो,’ नियामक संस्था बाफिनले भनेको छ।
एन-२६ ले एएफपीलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, ‘यो ‘सुपरिवेक्षण अधिकारीहरू र नियुक्त विशेष प्रतिनिधि’सँग निकट र रचनात्मक छलफलमा छ ।’
सन् २०१३ मा स्थापना भएको र २४ देशहरूमा सञ्चालन भएको बैंकले प्रशासन सञ्चालन संरचनामा समायोजनजस्ता उपायहरूको साथ योजना कार्यान्वयन गरिरहेको बताएको छ ।
यो अनलाइन बैंकको लागि पछिल्लो समस्या हो । बैंक सन् २०१८ देखि नियामकको मार्ग निर्देशमा रहेको छ । मिडिया अनुसन्धानले यसमा नक्कली परिचयपत्रले खाता खोल्न सम्भव भएको देखाएको थियो ।
त्यसपछि बैंकलाई सम्पत्ति शुद्धीकरण विरोधी कार्यमा समस्याको लागि ठूलो जरिवाना लगाइएको थियो ।
यी चिन्ताहरूले नियामकहरूलाई यसले स्वीकार गर्न सक्ने नयाँ ग्राहकहरूको सङ्ख्यामा नियन्त्रण गर्न बाध्य पारेको थियो, यद्यपि, यो गत वर्ष हटाइएको थियो।
यस वर्षको सुरुमा कमजोरीहरूको बारेमा चिन्ता बढ्दै जाँदा एन-२६ ले आफ्नो शीर्ष नेतृत्वलाई फेरबदल गरेको थियो ।