काठमाडौं । लोकप्रिय चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता बीवाईडीको डल्फिनले बिक्री १० लाख युनिट पार गर्न सफल भएको छ । योसँगै डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्री हुने ह्याचब्याक ईभी बन्न सफल भएको छ ।
विश्व बजारमा जस्तै नेपालमा पनि बीवाईडी डल्फिनको ‘क्रेज’ लोभलाग्दो छ । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका अनुसार हाल नेपालका सडकमा २ हजार ५०० भन्दा बढी डल्फिन गुडिरहेका छन् ।
सन् २०२३ को सेप्टेम्बरमा नेपालमा सार्वजनिक गरिएको यो गाडी छोटो समयमै सर्वाधिक बिक्री हुने विद्युतीय सवारीको सूचीमा शीर्ष स्थानमा उक्लिएको छ ।
नेपाली बजारमा ह्याचब्याक सेग्मेन्टको बिक्री सुस्त भइरहेको समयमा डल्फिनको आगमनले उपभोक्ताको रुचि पुनः जागृत गराएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार डल्फिन प्रविधि, मूल्य र डिजाइन तीनवटै पक्षमा अब्बल छ । यसका मुख्य विशेषताहरूमा विवाईडीको अत्याधुनिक ‘ई–प्लेटफर्म ३.०’ मा आधारित यो गाडीमा ७८.२ प्रतिशत ‘हाइ स्ट्रेन्थ स्टिल’ प्रयोग गरिएको छ । जसले नेपाली सडकको जुनसुकै परिस्थितिमा पनि यात्रुलाई उच्च सुरक्षा प्रदान गर्छ ।
यसमा १२.८ इन्चको रोटेटिङ (घुमाउन मिल्ने) टचस्क्रिन, मोबाइल कनेक्टिभिटी र २७०० मिमीको ह्विलबेससहितको फराकिलो क्याबिन स्पेस रहेको छ ।
स्मार्ट ड्राइभिङः डल्फिनमा ‘लेभल २ एड्भान्स ड्राइभर एसिस्टेन्ट सिस्टम’ जडान गरिएको छ। यसमा क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र लेन डिपार्चर असिस्टेन्सजस्ता सुरक्षा फिचरहरू समावेश छन् ।
बीवाईडीले सन् २०२६ का लागि डल्फिनको नयाँ संस्करणको परीक्षण सुरु गरिसकेको छ। हाल चीनमा परीक्षणको चरणमा रहेको नयाँ मोडलमा डिजाइन र ड्राइभिङ अनुभवमा महत्त्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ।