राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, सदस्यमा प्रा.डा. सुनीति श्रेष्ठ नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यसअघि श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य थिए । उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन् । 

Share News