लेखा आयोगमा ४१ जनाको उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा पार्टीको लेखा सम्हाल्ने लेखा आयोगमा ४१ जनाको उम्मेदवारी परेको छ ।

आयोगको अध्यक्षमा डाक्टर पुष्प कँडेल र सचिवमा ईश्वरीप्रसाद खरेलसहितको उम्मेदवारी परेको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । 

‘कुन पदमा कसले उम्मेदवारी दिनुभएको छ, हामी रुजु गर्दैछौं । अझै उम्मेदवारी मनोनयनको समय बाँकी रहेकोले संख्या बढ्न सक्छ,’ उनले भने ।

Share News