काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली प्यानलमा केन्द्रीय सदस्य पारिएका दुई नेताले उक्त प्यानलबाट बिद्रोह गर्दै सचिव पदमा उम्मेदवारी दिएका छन् । झापाका अग्नी खरेल र मोरङका लालबावु पण्डीतले फिर्ता नहुनेगरी उम्मेदवारी दिएको दाबी गरेका छन् ।
यसअघि पार्टीको स्थायी समिति सदस्य रहेका खरेल ओलीका विश्वास पात्र हुन् । ओली प्रधानमन्त्री हुँदा महान्याधिवक्ता र कानुन मन्त्री समेत रहेका खरेलको स्वतन्त्र उम्मेदवारीले ओलीलाई चुनौती दिन सक्ने देखिन्छ ।
पूर्व मन्त्री तथा स्थायी समिति सदस्य पण्डित पनि ओली निकट नेता हुन् ।