काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदका लागी रघुजी पन्तले पनि उम्मेदवारी दिएका छन् ।
पन्त केपी शर्मा ओली पक्षवाट उपाध्यक्ष पदको उमेदवार बन्न चाहन्थे । तर ओलीले पन्तलाई नसमेटेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
ईश्वर पोखरेल पक्षका एक नेताका अनुसार पन्तलाई आफ्नो समूहमा समेट्नेगरी वार्ता भइरहेको छ ।
पन्तले भने आफू अहिलेसम्म कुनै प्यानलको उमेदवार नरहेको बताएका छन् ।
उनले सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा भने, ‘म ०४९ सालको पाँचौ महाधिवेशनमा त फरक विचार राखेको मान्छे हुँ । अहिले पनि म स्वतन्त्र उम्मेदवार हुँ ।’