काठमाडौं । हलिउडका प्रख्यात फिल्म निर्माता, निर्देशक र अभिनेता रब राइनर र उनकी पत्नी मिशेल आफ्नै लस एन्जेलिसस्थित घरमा मृत फेला परेका छन् ।
यो सम्भावित हत्या भएको आशंकमा घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
लस एन्जेलिसको प्रतिष्ठित ब्रेन्टवुड क्षेत्रमा रहेको उनीहरूको घर थियो ।
प्रहरीका अनुसार घरभित्र ७८ वर्षका पुरुष र ६८ वर्षकी महिला मृत फेला परे । दुवैलाई त्यही स्थानमा मृत घोषणा गरिएको थियो ।
अधिकारिहरूले हालसम्म मृतकहरूको औपचारिक पहिचान वा उनीहरूको मृत्युका परिस्थितिबारे कुनै जानकारी सार्वजनिक गरेका छैनन्।
रब राइनर ‘द प्रिन्सेस ब्राइड’, ‘दिस इज स्पाइनल ट्याप’, ‘ह्वेन ह्यारी मेट सेली’ र ‘अ फ्यू गुड म्यान’, ‘स्ट्यान्ड बाई मी’, ‘मिसरी’ जस्ता चर्चित फिल्महरूको निर्देशनका लागि परिचित छन् ।
दिस इज स्पाइनल ट्यापमार्फत उनले निर्देशकको रूपमा डेब्यू गरेका थिए ।