काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै फारम वितरण भइरहेको छ ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।
महाधिवेशन कार्यतालिकाअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिन १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । पदाधिकारी पदका उम्मेदवारका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै, आयोगका अध्यक्ष पदमा उम्मेदवारी दिँदा पनि १० हजार रुपैयाँ शुल्क लाग्नेछ । आयोगका अन्य पदाधिकारी तथा सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।