एमाले महाधिवेशनमा १४ सय बढी फाराम वितरण

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको एघारौं महाधिवेशनमा हाल उम्मेदवारको मनोनयन फारम वितरण गर्ने काम भइरहेको छ ।

हालसम्म १ हजार ४ सयभन्दा बढी फाराम वितरण भएको एक नेताले जानकारी दिए।  

फारम वितरणको समय १२ बजेसम्म तोकिएको छ । त्यसपछि उम्मेदवारहरूले दिउँसो साढे १ बजेसम्म दर्खास्त फारम दर्ता गर्न पाउनेछन्।

उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । 

त्यसपछि दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने पाइने ती नेताले जानकारी दि ।

उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

एमालेको नयाँ नेतृत्व छान्ने निर्णायक घडी अर्थात् मतदान कार्यक्रम भने पुस १ गते हुनेछ। आयोगका अनुसार सो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ । 

Share News