एमाले ११औं महाधिवेशन : नेतृत्व चयनको औपचारिक सुरुवात, उम्मेदवारी फाराम वितरण सुरु

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत उम्मेदवारी फाराम वितरण सुरु भएको छ । 

केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवार बन्न इच्छुक नेता तथा कार्यकर्ताले निर्धारित समयभित्र फाराम भर्ने व्यवस्था गरिएको छ । नेताहरूले धमाधम फारम किनिरहेका छन् ।

उम्मेदवारी फाराम वितरणसँगै पार्टीको निर्वाचन प्रक्रिया औपचारिक चरणमा प्रवेश गरेको छ । 

यसअघि महाधिवेशनका लागि प्रस्तावित एजेन्डा अनुसार, उम्मेदवार फाराम वितरण, मनोनयन, अन्तिम नामावली प्रकाशन र मतदानको कार्यक्रम निर्धारित गरिएको थियो।

निर्वाचन समितिका एक सदस्यका अनुसार, सोमबार उम्मेदवारी फाराम भरेका उम्मेदवारहरूको नामको अन्तिम सूची प्रकाशित गरिनेछ भने मंगलबार मतदान हुँदै नयाँ नेतृत्व चयन हुनेछ । 

यस प्रक्रियामा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्यहरूको उम्मेदवारी समावेश हुनेछ ।

पार्टी स्रोतहरूले जानकारी दिए अनुसार,  नेताहरूले आफ्नो प्यानल तयार पारिसकेका छन् । संस्थापन पक्षको महासचिव पदका उम्मेदवारका बारेमा पनि अन्तिम निर्णय हुने क्रममा छ । पार्टीको विधानअनुसार उम्मेदवारले निर्धारित मापदण्ड र कोटा प्रणाली पूरा गर्नुपर्नेछ।

Share News