काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।
मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।