एमाले महाधिवेशनमा गोकर्ण विष्टले उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा वर्तमान सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । विष्टनिकट स्रोतका अनुसार अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट उनी उपाध्यक्ष पदका उम्मेदवार रहनेछन् ।

यसअघि दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालेका विष्ट कार्यकर्तामाझ लोकप्रिय नेताका रूपमा परिचित छन् । उनी अनेरास्ववियुको सचिव तथा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको दुई कार्यकाल अध्यक्षसमेत रहिसकेका छन् ।

विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् । साथै, उनी ऊर्जा तथा श्रम मन्त्रीको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् ।

Share News