नेपालगञ्ज । नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालगञ्जमा डीपल एस ०५ र नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ।
कम्पनीले नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभलाई तोकेको छ ।
कार्यक्रममा कार्यक्रमका नेपाल उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी, कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई, एमएडब्लू ग्रुपको तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका सीईओ ज्ञानेन्द्र चन्दको उपस्थिति थियो।
त्यस्तैगरी, पानस अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक आयुष खनालको पनि उपस्थिति थियो ।
यससँगै अब चर्चित विद्युतीय एसयूभी दीपल एस ०५ नेपालगञ्जमा उपलब्ध भएको छ।
दीपलसँगै एमएडब्लू वृद्धि मोटर्सले डोंगफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित स्मार्ट विद्युतीय एसयूभी नामी भिगो पनि सार्वजनिक गरेको छ ।
नेपालगञ्जका लागि पानस अटोमोटिभलाई आधिकारिक वितरक नियुक्त भएसँगै, अब यस क्षेत्रका ग्राहकहरूले डीपल र नामी दुवै ब्रान्डका गाडीहरूको बिक्री, सर्भिस, टेस्ट ड्राइभ र आफ्टर–सेल्स सपोर्ट आफ्नै शहरमै सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।