एमाले ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना टुंगियो

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना टुंगिएको छ । 

महाधिवेशनअन्तर्गत १९ पदाधिकारीसहित प्रदेशगत प्रतिनिधित्व, खुल्ला, महिला, युवा तथा विभिन्न समुदाय र क्षेत्रगत कोटामार्फत समावेशी सहभागिता सुनिश्चित गरिएको छ ।

निर्णयअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित १९ पदाधिकारी रहनेछन् । 

उपत्यकासहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य चयन हुनेछन् । साथै खुल्ला कोटाबाट १२५ जना चयन गरिनेछ ।

यसका अतिरिक्त आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र, प्रवास तथा सम्पर्क समन्वय समितिबाट समेत केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराइएको छ । 

पार्टीले यो संरचनाले प्रदेशीय सन्तुलन, सामाजिक समावेशिता र युवा सहभागिता मजबुत बनाउने दाबी गरेको छ।

Share News