कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उक्त बैठक सोमबार (भोलि) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ । 

बैठकमा कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधनमा शोक व्यक्त गर्न बोलाइएको पौडेलले जानकारी दिए । 

बैठकमा वर्तमान राजनीतिक परिस्थितिसम्बन्धी छलफल, आगामी महाधिवेशनको तयारी सम्बन्धमा छलफल हुनसक्ने एक नेताले जानकारी दिए ।

Share News