विधान संशोधन प्रस्तावप्रति सुरेन्द्र पाण्डेले जनाए असहमति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी विधान संशोधनसम्बन्धी पछिल्लो प्रस्तावप्रति असहमति जनाएका छन् । 

उनले विधानहरू अस्थायी जस्तो गरी आवश्यकताअनुसार घटाउने-बढाउने प्रवृत्ति मनपरि भएको टिप्पणी गरे । 

‘हिजो विधान अधिवेशन अगाडि संख्या घटाऔं भन्ने अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔं भन्ने ? यो सरासर मनपरि होइन भने के हो?,’ पाण्डेले भने । 

अहिले आएर दायाँ–बायाँ गरिए विधान अधिवेशनको औचित्य नै समाप्त हुने उनको भनाइ छ। 

उनले मनपरीतन्त्रको विरोध जारी रहने स्पष्ट पार्दै पार्टी विधान, विधि र प्रक्रियाअनुसार चल्नु अनिवार्य रहेको जोड दिए ।

Share News