एमाले ११औं महाधिवेशनः बन्दसत्र आज अपरान्ह ३ बजेदेखि

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आइतबार (आज) अपरान्ह ३ बजेदेखि सुरु हुने भएको छ । भृकुटीमण्डपमा हुने बन्दसत्रमा पार्टीको भावी नेतृत्व निर्वाचन हुनेछ ।

बन्दसत्रमा पार्टीको विधान संशोधन, केन्द्रीय कमिटीको संरचना, पदाधिकारी संख्या, नेतृत्व चयन प्रक्रिया लगायतका विषयमा प्रतिनिधिहरूले खुला रूपमा धारणा राख्ने कार्यक्रम छ । बन्दसत्रमा प्रस्तुत प्रस्तावहरूमाथि छलफलपछि निर्णय लिइने बताइएको छ ।

महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि काठमाडौंको भृकुटीमण्डपमा भेला भएका छन् भने बन्दसत्रका क्रममा सयौं कार्यकर्ता पनि उपस्थित छन् ।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले पुरानै विधानलाई कायम राखेर अघि बढ्ने निर्णय गरिसकेको छ । 

बैठकले पोलिटब्युरोको एक तिहाइ संख्याको स्थायी कमिटी गठन गर्ने, पोलिटब्युरो ९९ सदस्यीय बनाउने तथा केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय कायम गर्ने निर्णय गरेको छ ।

Share News