महानगरको मेलामा मौलिक नेपाली खानाका परिकारहरू पस्किँदै प्रेसिडेन्ट सेकुवा

काठमाडौं । ‘स्वाद स्वास्थ्य र आतिथ्यता सँग–सँगै’ भन्ने मूल मन्त्रसहित नेपाली आतिथ्यता क्षेत्रमा स्थापित प्रेसिडेन्ट सेकुवा काठमाडौं महानगरको ३१ औं महानगर स्थापना दिवसको अवसरमा आयोजना हुने  रैथाने मौलिक खाद्य स्वच्छता मेला–२०८२ मा सहभागी भएको छ ।

प्रेसिडेन्ट नेपाली मौलिक खानाको पहिचान, स्वाद र संस्कृतिलाई आधुनिक व्यवस्थापन र स्वच्छतासँग जोड्दै अगाडि बढिरहेको छ ।

आइतबार (आज) नारायण चौरमा सञ्चालन हुने उक्त मेलामा प्रेसिडेन्ट बिजनेस ग्रुप अन्तर्गतको प्रेसिडेन्ट सेकुवाले आफ्ना विभिन्न आउटलेटमा लोकप्रिय बनेका रैथाने तथा मौलिक नेपाली खानाका परिकारहरू  खसीको पक्कु, सिस्नो अकबरे चिकन, सिस्नुको मम पाल्पाको बटुक र गुल्मीको दही चुकौनी प्रदर्शनीमा राखेको छ । 

परम्परागत सेकुवा संस्कृतिलाई आधुनिक किचन, स्वच्छता मापदण्ड र गुणस्तरीय सेवासँग जोड्दै प्रेसिडेन्ट सेकुवाले नेपाली खानालाई केवल स्थानीय स्तरमै सीमित नराखी ब्रान्डको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । 

सस्तो मूल्यमा उच्च गुणस्तरको खाना र सेवा प्रदान गर्दै आएको प्रेसिडेन्ट सेकुवा आज शहरदेखि मोफसलसम्म खानाका पारखीहरूको रोजाइ बन्दै गएको छ ।

प्रेसिडेन्ट बिजनेस ग्रुपका कर्पोरेट डाइरेक्टर काशी भण्डारीका अनुसार पछिल्लो समय उपभोक्ताहरू स्थानीय र मौलिक खानातर्फ पुनः आकर्षित हुँदैछन् । प्रेसिडेन्ट सेकुवाको उद्देश्य व्यापारसँगै नेपाली खानाको पहिचान जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउनु हो ।

प्रयोग, खाद्य स्वच्छतामा कडाइ र स्वादमा निरन्तरता नै प्रेसिडेन्ट सेकुवाको मूल मन्त्र रहेको ग्रुपको भनाइ छ ।

महानगरका अनुसार मेलामा ३२ वटै वडाबाट कम्तीमा एक–एक वटा स्थानीय रैथाने खाद्य स्टल समावेश गरिनेछ। यसले उपभोक्तालाई एउटै स्थानमा विभिन्न भूगोल र समुदायका परिकार चाख्ने अवसर प्रदान गर्नेछ ।

स्थानीय मौलिक खाद्य स्वच्छता मेला केवल खानाको प्रदर्शनी मात्र नभई नेपाली स्वाद, संस्कार र संस्कृतिको उत्सव भएको आयोजकको भनाइ छ । 

मेलाको उद्घाटन तथा अवलोकन कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, खानाका पारखी तथा सर्वसाधारणलाई उपस्थित भई नेपाली मौलिक खानाको प्रवर्द्धनमा हातेमालो गर्न आयोजकले आग्रहसमेत गरेको छ।

Share News