काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको कुल ३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार सेयरधनीलाई १.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।
त्यसैगरी, बैठकले कम्पनीको चौधौँ वार्षिक साधारण सभा पुस २१ गते, सोमबार आयोजना गर्ने निर्णय पनि गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते बुक क्लोज गरिनेछ । जसअनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।