समता घरेलु लघुवित्तले ५.२६ प्रतिशत लाभांश दिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६२ करोड ९० लाख ५१ हजार ५६४ रुपैयाँका आधारमा कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदनपछि वितरण गरिने संस्थाले जनाएको छ ।

Share News