१२ वटा वाणिज्य बैंकसहित ६५ कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

काठमाडौं । हालसम्म विभिन्न ६५ कम्पनीले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमध्ये ६५ कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएका हुन् ।

गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १२ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ३ वटा फाइनान्स कम्पनी, ३ वटा होटल कम्पनी, १३ वटा हाइड्रोपावर कम्पनी, ४ वटा लगानी कम्पनी, ३ वटा जीवन बीमा कम्पनी, ६ वटा म्यानुफ्याक्चरिरङ एण्ड प्रोसेसिङ कम्पनी, १० वटा लघुवित्त संस्था, २ वटा निर्जीवन बीमा कम्पनी र एक अन्य कम्पनी गरी ६५ वटा कम्पनीले लाभांश वितरण गर्ने भएका हुन् । 

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको छ । गत असोज १० गते पोखरामा सम्पन्न २७औँ वार्षिक साधारणले उक्त लाभांश पारित गरिसकेको छ । 

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको छ । कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभाले पारित गरेको थियो । 

सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा सम्पन्न २१औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरेको छ । मंसिर १२ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । 

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश वितरण गरेको हो । कात्तिक ३० गते सम्पन्न २४औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । 

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशतका दरले ३ अर्ब ४ करोड ९२ लाख ६८ हजार रुपैयाँनगद लाभांश वितरण गरेको छ । कात्तिक २६ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँको करसहित १९ प्रतिशतका दरले १ अबै ९० करोड ८० लाख ४९ हजार रुपैयाँनगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २९ गते काठमाडौंमा बिहान १० बजे ३९औँ वार्षिक साधारण सभा बोलाएको छ । 

कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २९ गते बोडे भक्तपुरमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको छ । 

लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख १२ हजार रुपैयाँको १० प्रतिशतका दरले २ अर्ब ४३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशतका दरले १२ करोड ८१ लाख ३९ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

एनएमबि बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँको ५ प्रतिशतका दरले ९१ करोड ८३ लाख ३५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले ९१ करोड ८३ लाख ३५ हजार रुपैयाँ नगद गरी कुल १० प्रतिशत अर्थात् १ अर्ब ८३ करोड ६६ लाख ७० हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । 

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४३ करोड ५९ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ५ प्रतिशतका दरले ५४ करोड ४९ लाख ५७ हजार रुपैयाँ नगद गरी कुल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस १८ गते भद्रकाली, काठमाडौंमा बिहान ११ बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको छ । 

नबिल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले ३ अर्ब ३८ करोड २१ लाख २४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । 

कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको हो । असोज २४ गते काठमाडौंमा सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । 

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गरेको छ । लाभांश पारित गर्न कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा १९औँ वार्षिक साधारण सभाले डाकेको छ ।

गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको छ । कात्तिक २७ गते पोखरा, कास्कीमा सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । 

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको करसहित १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । मंसिर ६ गते सुनसरीमा सम्पन्न २०औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । 

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ४ अर्ब २९ करोड ६४ लाख ५८ हजार रुपैयाँको करसहित ५ प्रतिशतका दरले २१ करोड ४८ लाख २२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ५.३७ प्रतिशतका दरले २३ करोड ७ लाख १९ हजार रुपैयाँ नगद गरी कुल १०.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २१ गते २४औँ वार्षिक साधारण सभा बोलाएको छ । 

शाइन रेसिङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ४ अर्ब ८७ करोड ५७ लाख १ हजार रुपैयाँको ३ प्रतिशतका दरले १४ करोड ६२ लाख ७१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशतका दरले ४८ करोड ७५ लाख ७० हजार रुपैयाँ नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको छ । मंसिर २६ गते सम्पन्न १७औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । 

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५ प्रतिशतका दरले १७ करोड ७८ लाख १२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ५.३५ प्रतिशतका दरले १९ करोड ५ लाख ५३ हजार रुपैयाँ नगद गरी कुल १०.३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

ग्रीन डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँको ८.०३ प्रतिशतका दरले ४ करोड ५८ लाख १ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २४ लाख १० हजार रुपैयाँ नगद गरी कुल ८.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । गत असोज ३१ गते काठमाडौंमा सम्पन्न १८औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । 

आइसिएफसि फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७९ हजार रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले १८ करोड ६८ लाख ६४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न २२औँ वार्षिक साधारण सभा मंसिर २९ गते काठमाडौंमा बिहान १० बजे बोलाएको छ । 

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १ अर्ब रुपैयाँ चुक्ता पुँजीको ६.४० प्रतिशतका दरले ६ करोड ४० लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । 

सोल्टी होटल लिमिटेडले हाल कायम चुक्ता पुँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १६.५७ प्रतिशत नगद गरी कुल ३१.५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर २८ गते सम्पन्न ५१ औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ । 

कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६० करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस १५ गतेको ११औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ । 

तारागाउँ रिजेन्सी होटलले गत वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँको करबाहेक ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

सिक्लेस हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजी ८५ करोड रुपैयाँको १५ प्रतिशतका दरले १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ । 

मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७४ करोड ८४ लाख रुपैयाँको १५ प्रतिशतका दरले ११ करोड २२ लाख ६० हजार रुपैयाँ बोनस सेयर र ०.७८ प्रतिशतका दरले ५९ लाख ८ हजार रुपैयाँ नगद गरी १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस २१ गते बोलाइएको चौथों वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ । 

यूनिभर्सल पावर कम्पनीले आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को नाफाबाट चुक्ता पुँजी २ अर्ब २७ करोड ९९ लाख २९ हजार रुपैयाँको ९ प्रतिशतका दरले २० करोड ५१ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले १ करोड ७ लाख ९९ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते वार्षिक साधारण बोलाएको थियो । तर, गणपूरक संख्या नपुगेपछि कम्पनीको साधारण सभा स्थगित भएको छ । 

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब ८४ करोड ८० लाख ३ हजार रुपैयाँको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५९ करोड ४९ लाख ४७ हजार रुपैयाँको १४ प्रतिशतका दरले ८ करोड ३२ लाख ९२ हजार ६ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले ३ करोड ५६ लाख ९६ हजार ८३६ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कात्तिक २ गते पोखरामा सम्पन्न २५औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।

सिंगटी हाइड्रो इनर्जीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँको ५ प्रतिशतका दरले १४ करोड ५० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँको २० प्रतिशतका दरले ५२ करोड ५ लाख ४३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशतका दरले २ करोड ७३ लाख ९७ हजार रुपैयाँ नगद गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर २९ गतेको १२औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ । 

साहस उर्जाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँको २१ प्रतिशतका दरले ७९ करोड ३८ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.१० प्रतिशतका दरले ४ करोड १७ लाख ७८ हजार रुपैयाँ नगद गरी कुल २२.१० प्रतिशत लाभांश वितरण गरेको छ । मंसिर २४ गते सम्पन्न १२औँ वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको हो । 

नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३८ करोड ८१ लाख ९६ हजार रुपैयाँको ९ प्रतिशतका दरले ३ करोड ४९ लाख ३७ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले १८ लाख ३८ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २३ गते साधारण सभा बोलाएको छ । 

ङादी ग्रुप पावरले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँको ४.७५ प्रतिशतका दरले १७ करोड ५८ लाख ७१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले ९२ लाख ५६ हजार रुपैयाँ नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर २५ गते सम्पन्न १२औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । 

बरूण हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँको ४.७५ प्रतिशतका दरले ५ करोड ९ लाख २ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले २६ लाख ७९ हजार रुपैयाँ नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

सुपरमादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशतका दरले ११ करोड २ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ५८ लाख २ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस ४ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ । 

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १३ करोड ४० लाख ५४ हजार रुपैयाँको १० प्रतिशतका दरले १ करोड ३४ लाख ५ हजार रुपैयाँ बोनस सेयर लाभांश प्रस्ताव गरेको छ । 

हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको छ । कात्तिक २१ गते सम्पन्न साधारण सभाले लाभांश पारित गरिसकेको छ । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशतका दरले १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । मंसिर २३ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार रुपैयाँको ४० प्रतिशतका दरले ५१ करोड ३७ लाख ४८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशतका दरले २ करोड ७० लाख ३९ हजार रुपैयाँ नगद गरी ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले चुक्ता पुँजीको १.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि २ प्रतिशत नगद गरी कुल ३.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनील पुस २१ गते १४औँ वार्षिक साधारण सभा बोलाएको छ । 
 

सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशतका दरले १ अर्ब रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । 

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १६.०५ प्रतिशतका दरले नगद गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस १९ गते बोलाइएको २६औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ । 

आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५ अर्ब रुपैयाँको १०.५२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । 

नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७ करोड २८ लाख ६२ हजार रुपैयाँको २० प्रतिशत बोनस र १.०५ प्रतिशतका दरले ७ लाख ६६ हजार रुपैयाँ नगद गरी २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ । असोज ३१ गते ललितपुरमा सम्पन्न ३४औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।

युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँको प्रतिसेयर १८४२ रुपैयाँ नगद लाभांश वितरण वितरण गरेको छ । कात्तिक २५ गते सम्पन्न ३२औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ । कात्तिक ३० गते सम्पन्न २५औँ वार्षिक साधारण सभा लाभांश पारित गरिसकेको छ ।

शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गरेको छ । मंसिर २५ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । 

सर्वाेत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको छ । मंसिर २६ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।

घोराही सिमेन्ट इण्डस्ट्रीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस १४ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । 

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँको करसहित ८ प्रतिशतका दरले ८ करोड २७ लाख २५ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । मंसिर १२ गते सम्पन्न १२औँ वार्षिक साधारणले उक्त लाभांश पारित गरिसकेको छ । 

गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको छ । गत कात्तिक २३ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । 

साना किसान विकास लघुवित्तले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २५ गते २४औँ वार्षिक साधारण सभा बोलाएको छ । 

स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीको ५.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३६ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

आशा लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस ४ गतेको ९औा वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ ।

हिमालयन लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ६.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

जीवन विकास लघुवित्तले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद गरी कुल १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

समता घरेलु लघुवित्तले चुक्ता पुँजी ६२ करोड ९० लाख ५१ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशतका दरले ७० करोड १६ लाख ३७ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । 

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँको करसहित ५ प्रतिशतका दरले १५ करोड १४ लाख ६६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । 

मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश वितरण गरेको छ । कात्तिक २१ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । 

Share News