काठमाडौं । काठमाडौंको कमलादीमा निर्माण भएको मोक्स होटल शुक्रबार (आज)देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त होटलका सञ्चालक शशिकान्त अग्रवाल हुन् ।
इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलमार्फत निर्माण भएको होटल मोक्सी मेरियट ब्राण्डमा आधारित छ ।
दुई रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा १०१ वटा लक्जरियस कोठाहरू छन् । होटलमा क्याफेटेरिया, बार, स्वीमिङ पुल, साउना स्टीम, हेल्थ क्लबलगायतका सुविधा हुने छ । यो होटल युवावर्ग र विदेशी पाहुना लक्षित हो ।
यो होटललाई एसियाकै दोस्रो होटलका रूपमा लिइएको छ । यस्तो होटल पहिला जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिइसकेको छ ।
असोजदेखि होटल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि जेनजी आन्दोलनको कारण ढिलाइ भएको थियो ।
यसअघि ठमेलमा म्यारियटको चारतारे र नक्सालमा पाँच तारे होटल सञ्चालन भइसकेकोमा यो तेस्रो होटल हो ।
पौने २ अर्ब लागतमा कमलादीमा ठडियो १२ तले मोक्सी होटल, छिट्टै ओपनिङ (फोटोफिचर)