काठमाडौं । नेकपा एमालेले आगामी ११ औं महाधिवेशनलाई ऐतिहासिक बनाउने दाबी गरेको छ । महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता राजन भट्टराईले उद्घाटन समारोहमा करिब ३ लाख सहभागी हुने अनुमान गरिएको जानकारी दिए ।
उनका अनुसार यसअघि कुनै पनि राजनीतिक कार्यक्रममा नदेखिएको सर्वाधिक ठूलो एलईडी स्क्रिनसहितको आधुनिक मञ्च निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
स्क्रिनमा देशको सांस्कृतिक पहिचानका रूपमा चिनिने कालिन्चोक मन्दिरलाई मुख्य प्रतीकका रूपमा प्रस्तुत गरिनेछ ।
त्यसमाथि महाधिवेशनको सङ्केतात्मक प्रतिनिधित्वका लागि कालीन्चोक मन्दिरको दायाँतर्फ राष्ट्रिय झण्डा र धरहरा सहित ‘११’ अंक प्रदर्शन गरिने तयारी गरिएको छ ।
उद्घाटन समारोह व्यवस्थित र व्यवस्थापन प्रभावकारी बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने उद्घाटन समारोह व्यवस्थापन समितिका संयोजक भट्टराईले बताए ।
तस्बिरहरू :










