HP लुब्रिकेन्ट्स नेपाल, विश्वको विश्वसनीय कम्पनी एचपीसीएलको प्राविधिक मार्गनिर्देशनमा, गुणस्तर, दक्षता र दीर्घकालीन विश्वासको जगमा प्रगतिको नयाँ चरणमा प्रवेश गरेको छ। यो यात्राको सबैभन्दा ठूलो उपलब्धि भनेको नेपालको पहिलो अत्याधुनिक स्वचालित लुब्रिकेन्ट प्लान्टको सफल स्थापना हो।
यो स्वचालित प्रविधिले ब्लेन्डिङ, फिलिङ र प्याकेजिङ प्रक्रियामा उच्च सटीकता सुनिश्चित गर्छ, जसले गर्दा प्रत्येक ब्याचमा विश्वस्तरीय गुणस्तर कायम रहन्छ। स्थानीय उत्पादन सुरु भएसँगै, आयातमा निर्भरता घटेको छ, ग्राहकको मागमा छिटो प्रतिक्रिया दिन सकिने भएको छ, र देशको औद्योगिक विकासमा पनि ठूलो सहयोग पुगेको छ। नेपालमा यसको अधिकृत वितरक MAW PETRO PRODUCTS PVT.LTD. ले देशभर उत्पादनको पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्दै आएको छ।
नेपालमै उत्पादन सुरु भएपछि बजारमा लुब्रिकेन्टको उपलब्धतामा उल्लेख्य सुधार आएको छ। ग्राहकहरूले अब छिटो सप्लाइ, कम प्रतीक्षा समय र माग धेरै भएको बेला पनि स्थिर स्टक को लाभ उठाइरहेका छन्। यो विश्वसनीयता विशेष गरी वर्कसप, यातायात व्यवसायी र औद्योगिक प्रयोगकर्ताहरूको लागि अत्यन्तै महत्त्वपूर्ण छ, जसलाई समयमै लुब्रिकेन्ट उपलब्ध हुनु अत्यावश्यक हुन्छ।
स्थानीय उत्पादनका कारण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै गुणस्तर निरन्तर समान रहन्छ, जसले ग्राहकको विश्वासलाई अझ मजबुत बनाएको छ।
स्थानीय उत्पादनको अर्को मुख्य फाइदा भनेको विविध प्याक-साइजहरू को उपलब्धता हो। HP लुब्रिकेन्ट्स नेपालले साना गाडीहरूका लागि साना प्याकदेखि औद्योगिक र व्यावसायिक प्रयोगका लागि ठूला प्याकसम्म सबै विकल्पहरू उपलब्ध गराएको छ। यो सुविधा विशेषगरी दुर्गम क्षेत्रका ग्राहकहरूका लागि वरदान साबित भएको छ, जहाँ साना, सजिलै बोक्न मिल्ने प्याकहरूको माग बढी हुन्छ। यसरी, HP लुब्रिकेन्ट्स नेपालले सबैका लागि, सबै ठाउँमा गुणस्तरीय लुब्रिकेन्ट पुर्याउन सफल भएको छ।
HP लुब्रिकेन्ट्स NPL 2025 को आधिकारिक लुब्रिकेन्ट पार्टनर बनेर खेलकुदसँगको आफ्नो सम्बन्धलाई झनै बलियो बनाएको छ। यो साझेदारीले सहनशीलता, ऊर्जा र निरन्तरता मा ब्रान्डको विश्वास झल्काउँछ—जुन गुणहरू गाडीको इन्जिनको प्रदर्शन र खेल भावना दुवैमा आवश्यक हुन्छन्।
“RUN होस् या KM, पर्फर्मेन्स ग्यारेन्टिड” भन्ने ट्यागलाइनमार्फत HP लुब्रिकेन्ट्सले खेल मैदानमा होस् वा गाडीको इन्जिनभित्र, दुवैमा उत्तिकै भरपर्दो प्रदर्शन दिने आफ्नो अटल वाचा स्पष्ट पारेको छ।
HPCL को विशेषज्ञता र देशकै पहिलो स्वचालित प्लान्टको क्षमताका साथ, HP लुब्रिकेन्ट्स नेपाल आधुनिक र भरपर्दो लुब्रिकेन्टको बढ्दो माग पूरा गर्नका लागि पूर्ण रूपमा तयार छ । (एडभोटोरिएल कन्टेन्ट)