काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा दशौं साधारण सभा सम्पन्न भएको हो ।
सभाले सामान्य तथा विशेष दुवै प्रकृतिका सबै प्रस्तावहरू पारित गरेको छ ।
सभाले सेयरधनीलाई कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । यसअन्तर्गत २.५० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ ।
कम्पनीले प्रस्तुत गरेको लाभांश प्रस्ताव आर्थिक स्थायित्व र सेयरधनी प्रतिको प्रतिबद्धताको रूपमा हेरिएको छ ।
साधारण सभाको निर्णयअनुसार बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापुँजी बढेर ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ पुग्नेछ ।
पुँजीमा भएको वृद्धि आगामी वर्षका लागि उत्पादन तथा व्यवसाय विस्तार योजनामा उपयोगी हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।