फर्स्ट माइक्रोफाइनान्सको ६.५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

२०८२ असार मसान्तसम्म संस्थाको कुल चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रूपैयाँ रहेको छ । प्रस्तावित ६.५ प्रतिशत नगद लाभांश (करसहित) रकम ८ करोड ७४ लाख १६ हजार ६३६ रूपैयाँ बराबर हुनेछ । संस्थाले यसपटक बोनस सेयर नदिने निर्णय गरेको छ ।

लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि आगामी वार्षिक साधारण सभामा पेश गर्ने संस्थाले जनाएको छ । 

कम्पनी सचिव विजय शर्माले लाभांश स्वीकृतिपछि आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् ।

Share News