किशोर प्रधान समूहबाट तीन पदाधिकारीसहित २५ सदस्यमा उम्मेदवारी, कहाँबाट कसको उम्मेदवारी ?

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहले तीन पदाधिकारी सहित २५ सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको छ । आईतवार राजधानीमा आयोजित कार्यक्रममा जिल्ला नगरतर्फ उपाध्यक्षसहित १२ सदस्य पदमा उम्मेदवारी घोषणा गरिएको छ भने बस्तुगत तर्फ उपाध्यक्षसहित १३ सदस्य घोषणा गरिएको छ । उनीहरुले सोमबार ११ बजे महासंघमा उम्मेदवारी दर्ता [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहले तीन पदाधिकारी सहित २५ सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको छ । आईतवार राजधानीमा आयोजित कार्यक्रममा जिल्ला नगरतर्फ उपाध्यक्षसहित १२ सदस्य पदमा उम्मेदवारी घोषणा गरिएको छ भने बस्तुगत तर्फ उपाध्यक्षसहित १३ सदस्य घोषणा गरिएको छ । उनीहरुले सोमबार ११ बजे महासंघमा उम्मेदवारी दर्ता गर्ने जनाएका छन् ।

प्रधानको समूहबाट जिल्ला तथा नगरतर्फ प्रमोद श्रेष्ठ उपाध्यक्षमा उठ्दैछन् । यस समूहबाट जिल्ला तथा नगर समूहको सदस्य पदमा चितवन उद्योग वाणिज्य संघबाट कल्याण जोशी, गाईघाट उद्योग वाणिज्य संघबाट गजेन्द्र भगत, तुलसी उद्योग वाणिज्य संघबाट दीपेन्द्र क्षेत्री, रामेछाप उद्योग वाणिज्य संघबाट पशुपति खड्का, ललितपुर उद्योग वाणिज्य संघबाट मनिसलाल प्रधान, सप्तरी उद्योग वाणिज्य संघबाट मनोज मुन्दडा, भक्तपुर उद्योग वाणिज्य संघबाट युवराज भण्डारी, सिन्दुपाल्चोक उद्योग वाणिज्य संघबाट राजेन्द्र श्रेष्ठ, कन्चनपुर उद्योग वाणिज्य संघबाट लोकविक्रम थापा, ताप्लेजुङ उद्योग वाणिज्य संघबाट सन्तोस खतिवडा, दोलखा उद्योग वाणिज्य संघबाट सुदर्शन कार्की, खोटाङ उद्योग वाणिज्य संघबाट कुसनारायण सैंजुले उम्मेदवारी दिने घोषणा गरिएको छ ।

प्रधानको समूहबाट बस्तुगततर्फ शंकर पाण्डेको उम्मेदवारी घोषणा गरिएको छ । यस समूहको वस्तुगत तर्फको सदस्यमा नेपाल जडिबुटी तथा हर्वल उत्पादक संघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, ट्राभल्स एण्ड टुर्स एजेन्ट नेपालका अध्यक्ष मधुसुदन आचार्य, गार्मेन्ट उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्याल, दाना उद्योग संघका निवर्तमान अध्यक्ष डा त्रिचन्द्र भट्टराई, नेपाल सौर्य विद्युत उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक बहादुर शाही, नेपाल फेल्ट उत्पादक संघका अध्यक्ष नरेशलाल श्रेष्ठ, नेपाल फ्रेट फरवाडर्स एशोसिएशनका अध्यक्ष प्रकाश कार्की, नेपाल गुड्स क्यारियर्स एशोसिएशनको अध्यक्ष रितेश लामिछाने, नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठ, नेपाल निर्माण व्यवसाय महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, एनपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे, स्वतन्त्र उर्जा उत्पादक संघको अध्यक्ष शैलेन्द्र गुरागाई, बैदेशिक रोजगार व्यवसायी संघको पूर्व अध्यक्ष हंशराज वाग्ले रहेका छन् ।

एशोसिएटतर्फको उपाध्यक्षमा आफ्नो समर्थत चन्द्रप्रसाद ढकाललाई रहेको बताउँदै यस समूहको १९ सदस्य पदमा पनि प्रधान समूहले उम्मेदवारी घोषणा गरेन । घोषणा सभामा ढकाल उपस्थित थिएनन् । त्यस्तै महासंघका एशोसिएट सदस्यहरु यस घोषणासभामा उपस्थिति देखिएन ।

घोषणा सभामा बोल्दै बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान, निवर्तमान सुरज बैद्य, पूर्व अध्यक्ष कुशकुमार जोशीले घोषणा सभामा आउन इच्छुक महासंघका सदस्यहरुलाई समेत वर्तमान नेतृत्वले नजान दवाव दिएको भन्दै आलोचना गरेका छन् । ‘महासंघमा माथिबाट जवरजस्ती आफ्ना कुरा लाद्ने काम भयो, मतदाताको विवेक र स्वेच्छालाई दवाउने प्रयास भएको छ’ पूर्व अध्यक्ष जोशीले सभालाई सम्बोधन गर्दै भने–‘महासघभित्र भएको गलत अभ्यास रोक्न मतदाताले उचित निर्णय गर्ने समय आएको छ ।’

Share News