१५.४६ प्रतिशत लाभांश बाँड्ने एनआइएमबिको घोषणा, बानेसभन्दा नगद बढी

काठमाडौं । एनआइएमबि एस क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले १५.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.०९ प्रतिशतका दरले ३ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि १२.३७ प्रतिशतका दरले १२ करोड रुपैयाँ नगद गरी कुल १५.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

लाभांश पारित गर्न कम्पनीले पुस २० गते साढे १२ बजे क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौंमा १३औँ वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्नेछ । 

यस्तै, कम्पनीको जारी पुँजी परिवर्तन गर्ने तथा सो परिवर्तन सम्बन्धमा प्रबन्धपत्र वा नियमावलीमा संशोधन गर्न परेमा अख्तियारी संचालक समितिलाई दिने, संचालकहरुको कार्यकाल समाप्त भएकाले पुनः नियुक्ति गर्ने र गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान रकम पारित गर्नेछ ।

Share News