काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले बढेर २६१४ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३३१ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै लक्ष्मी सनराइज बैंकको ११ करोड, राधी विद्युतको ९ करोड र युनिभर्सल पावरको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्तको १० प्रतिशत, श्रीनगर एग्रीटेकको ९.९९ प्रतिशत र माथिल्लो मैलुङको ९.९८ प्रतिशतले सेयर मूल्य बढेका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा बैंकिङ ०.१२, लघुवित्त ०.०६, निर्जीवन बीमा ०.१७ र व्यापार समूह ०.०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
विकास बैंक ०.३१, वित्त ०.४०, होटल तथा पर्यटन ०.८८, जलविद्युत् ०.८४, लगानी ०.१६ र जीवन बीमा ०.८२ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन ०.५३, म्युचुअल फण्ड ०.३७ र अन्य समूह ०.३४ प्रतिशतले बढेको छ ।