काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि किशोर प्रधान समुहले औपचारिक रुपमा आफ्नो प्यानल घोषणा गरेको छ । बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले आफ्नो समुहबाट जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाएका छन् ।

त्यस्तै, बस्तुगत तर्फको उपाध्यक्षमा शंकर पाण्डेले उम्मेदवारी दिएका छन् । प्रधान समुहले एसोसियट तर्फको उपाध्यक्ष उम्मेदवार भने खडा गरेको छैन् । सौरभ ज्योतिलाई एसोसियट उपाध्यक्ष बनाउने तयारी गरेको थियो तर ज्योतिले अन्तिम समयमा उम्मेदवारी नदिने घोषणा गरेका थिए ।

पुर्व अध्यक्षहरुको उपस्थितिमा मोरङ उद्योग संगठनका अध्यक्ष मुकेश कुमार उपाध्यायले प्रधानको उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रधानको उम्मेदवार घोषणा सभामा महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी, सुरज वैद्य लगायतको उपस्थिति थियो ।
