नेपाल बैंकका कर्मचारी र ग्राहकका लागि पाटन हेल्थ ल्याबमा छुट दिने

काठमाडौं । नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रालिबीच स्वास्थ्य सेवामा सुविधा प्रदान गर्ने सम्झौता भएको छ । मंसिर २२ गते सम्पन्न सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले पाटन हेल्थ ल्याब (थसिखेल, ललितपुर) मा उपचार गराउँदा विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौता बमोजिम प्याथोलोजी ल्याबका विविध सेवा तथा स्वास्थ्य प्याकेजहरूमा १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । साथै, विभिन्न परीक्षणका लागि निःशुल्क होम डेलिभरी सेवा पनि प्रदान गरिने पाटन हेल्थ ल्याबले जनाएको छ ।

सम्झौता पत्रमा नेपाल बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रालिका तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतासँगै नेपाल बैंकका कर्मचारी तथा बैंकका ग्राहकहरूले पाटन हेल्थ ल्याबले प्रदान गर्ने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने भएका छन् ।

Share News