काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले अनिल जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी तोकेको छ । कम्पनीका अनुसार मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
पूर्व प्रमुख कार्यकारी अधिकृत लिलामणि न्यौपानेको दोस्रो कार्यकाल मंसिर २२ गतेदेखि सकिएको छ । अर्को व्यवस्था नहुँदासम्म वा अधिकतम ३ महिनासम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत अनिल जोशीलाई सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
निर्णय अनुसार जोशीको कायम मुकायम सीईओको कार्यभार मंसिर २३ गतेदेखि लागू हुनेछ ।