काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनका लागि तयार पारेको विस्तृत अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् । सोमबार दिउँसो ललितपुरको च्यासलस्थित कार्यालय पुगेका पोखरेलले आफू निकट नेताहरूको उपस्थितिमा उक्त अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे ।
अध्यक्ष केपी शर्मा ओली कार्यालय नआउने भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले महासचिव पोखरेललाई आफ्नो अवधारणापत्र बुझाएका हुन् ।
अध्यक्ष पदका उम्मेदवारका रूपमा अघि बढिरहेका पोखरेलले सार्वजनिक गरेको यो अवधारणापत्र ४० पृष्ठको रहेको छ । नेताहरूका अनुसार उक्त दस्तावेजले पार्टीभित्र नेतृत्व परिवर्तनको स्पष्ट निष्कर्ष प्रस्तुत गरेको छ ।
महाधिवेशनमा बहसका लागि तयार पारिएको दस्तावेजमा नीति, कार्यदिशा र नेतृत्वमा आवश्यक देखिएको रूपान्तरणका एजेन्डा अघि सारेको बताइएको छ ।