काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ अंकले घटेर २६०६ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३३१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ । न्यादीको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, सागर डिस्टीलरीको २३ करोड, पियोर इनर्जीको ९ करोड ७६ लाख, राधी विद्युत कम्पनीको ९ करोड ९ लाख र झपा इनर्जीको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर स्याङ्गे हाइड्रो, स्वत्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
सोमबारको कारोबारमा जलविद्युत् ०.१२, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशतले बढेका छन् । बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशतले घटेका छन् ।