सुनको मूल्य तोलामा २ लाख ५२ हजार ९ सय रुपैयाँ पुग्यो

काठमाडौं । सोमबार सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

महासंघकाअनुसार आइतबार तोलामा २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महसंघले जनाएको छ । आइतबार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबर भएको चाँदी सोमबार घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ । 

 

Share News