एप्पलको रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस नेपाली बजारमा सार्वजनिक

<p>काठमाडौं । जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लि., एप्पलको नेपालका लागि आधिकारिक बितरकले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त आइफोनहरु १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जेननेक्स्टले यी विशेष संस्करणका आइफोन इभो स्टोर, फ्यूचर वल्र्ड, तथा ओलिज स्टोरबाट बिक्री गर्नेछ [&hellip;]</p>

काठमाडौं । जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लि., एप्पलको नेपालका लागि आधिकारिक बितरकले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त आइफोनहरु १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

जेननेक्स्टले यी विशेष संस्करणका आइफोन इभो स्टोर, फ्यूचर वल्र्ड, तथा ओलिज स्टोरबाट बिक्री गर्नेछ । यी संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर ताकिएको छ ।

कम्पनीले आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्नका लागि केबल आधिकारिक आइफोनहरु आधिकारिक बितरकबाट मात्र किन्नका लागि ग्राहकहरुलाई अनुरोध गरको छ ।

आइफोन रेड १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर ताकिएको छ । अर्थात् रेड संस्करणका लागि ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

आइफोन रेड आइफोनका आधिकारिक बिक्रेताहरु ओलिज स्टोर, इभो स्टोर, फ्यूचर वर्ल्डबाट किन्न सकिने कम्पनीले जनाएको छ ।

Share News