२०० एमपी जाईस् टेलीफोटो क्यामेरासहित भिभो एक्स३०० प्रो नेपालमा आउँदै

काठमाडौं । भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स३०० प्रो’ नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोशनसँगै यो मोडेल प्रतिको उत्सुकता देशभर बढ्दै गएको छ । जाईस् सँगको सहकार्यमा तयार पारिएको एक्स३०० प्रोले नेक्स्ट–जेनेरेशन इमेजिङ र नयाँ ओरिजिन ओएस ६ सहित बजारमा प्रवेश गर्नेछ ।

बजारमा आएको प्रारम्भिक जानकारीअनुसार भिभो एक्स३०० प्रो भिभोको अहिलेसम्मकै सबल मोबाइल इमेजिङ प्रणालीसहित आउने अपेक्षा गरिएको छ । भावनात्मक, प्राकृतिक र जीवन्त दृश्यहरू क्याप्चर गर्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै जाईस् सहकार्यमा टेलिफोटो स्पष्टता तथा लो–लाइट क्षमतामा उल्लेखनीय सुधार गरिएको छ । मोडेलको मुख्य आकर्षण २०० मेगापिक्सेल जाईस् एपियो टेलिफोटो क्यामेरा मानिएको छ, जसले सूक्ष्म विवरणलाई अत्यन्तै उच्च प्रिसिजनसहित प्रस्तुत गर्नेछ । यसलाई साथ दिने जाईस् गिम्बल–ग्रेड मुख्य क्यामेराले लो–लाइट तथा गतिशील दृश्यहरूलाई अझ स्थिर र प्राकृतिक बनाइदिनेछ ।

डिभाइसमा ५० मेगापिक्सेल जाईस् वाइड–एंगल फ्रन्ट क्यामेरा समावेश गरिनेछ, जसले सेल्फी तथा ग्रुप फोटोहरूलाई अझ स्पष्ट र फराकिलो बनाउन योगदान गर्नेछ । भिभो एक्स३०० प्रो ‘प्रो इमेजिङ चिप भियस् वन’ तथा डाइमेन्सिटी ९५०० चिपसेटमा आधारित रहेर सञ्चालन हुनेछ। भित्र रहेको भी थ्री प्लस इमेजिङ चिप र भिभोले विकास गरेको उच्च–दक्षता एनपीयूले इमेजिङ प्रक्रिया छिटो, सहज र शक्तिशाली बनाउने कम्पनीको दाबी छ । भियस् वनले प्रि–प्रोसेसिङ र भी थ्री प्लसले पोस्ट–प्रोसेसिङ जिम्मा लिनेछ।

फोनको मजबूतीका लागि यसमा आर्मर ग्लासको प्रयोग गरिएको प्रारम्भिक जानकारी छ, जसले स्क्र्याच तथा ड्रपबाट उच्च सुरक्षा दिनेछ । साथै, ६५१० क्षमताको ब्लू–वल्ट ब्याट्री र ९० वाट फास्ट चार्जिङले द्रुत चार्जिङसँगै भरपर्दो पावर ब्याकअप प्रदान गर्नेछ ।

भिभो एक्स३०० प्रोप्रति नेपाली बजारमा चासो बढिरहेका बेला कम्पनीले अत्याधुनिक हार्डवेयर, उन्नत सफ्टवेयर तथा शक्तिशाली चिपसेटको संयोजनमार्फत मोबाइल नवप्रवर्तनमा नयाँ मानक स्थापित गर्ने लक्ष्य लिएको छ । छिट्टै सार्वजनिक हुने यो फ्ल्यागशिप मोडेलले प्रयोगकर्तालाई आफ्ना महत्वपूर्ण क्षणहरू अझ यथार्थ, स्पष्ट र आत्मविश्वासका साथ क्याप्चर तथा साझा गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।

Share News