लामिनारले सुरु गर्‍यो ‘मेरो सपनाको घर’ सजावट अभियान

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले 'लामिनार–मेरो सपनाको घर' नामक नेपालकै पहिलो कोठा तथा बाथरूम सजावट कार्यक्रम सुरु गरेको छ । मिस नेपाल–२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठको सिर्जनात्मक नेतृत्वमा अघि बढाइएको उक्त कार्यक्रममार्फत दुई नेपाली परिवारले आफ्नो घरको कोठा र बाथरूमको पूर्ण सजावट निःशुल्क प्राप्त गर्नेछन् ।

मेटलवुड फर्निचर, कोहिलर सरसफाइ सामग्री, ब्रिलियन्ट बत्ती र एम्पोरियस सजावट सामग्री जस्ता प्रतिष्ठित ब्रान्डहरूको सहकार्यमा रूपान्तरण कार्य सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ ।

सहभागी हुन इच्छुकले ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर किन आफ्नो कोठा वा बाथरूमलाई रूपान्तरण आवश्यक छ भन्ने कारण स्पष्ट पार्दै टिकटक, इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक रूपमा राख्नुपर्नेछ । भिडियोमा @laminartiles उल्लेख (ट्याग) गर्नुका साथै #लामिनार–मेरो सपनाको घर ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।

प्राप्त भिडियोहरूको मूल्यांकन लामिनार, यसको सिर्जनात्मक संस्था तथा परियोजना भित्री सजावट विज्ञ अस्मी श्रेष्ठसमेत रहेको आन्तरिक समितिले कथाको प्रस्तुति, आवश्यकता, सिर्जनात्मकता र दर्शक सहभागिताका आधारमा गर्नेछ । विजेताले उच्च गुणस्तरका सामग्री, पूर्ण भित्री सजावट योजना, सम्पूर्ण कार्यान्वयन सेवा तथा सुरु–मध्य–अन्त्य फोटो/भिडियो अभिलेखसहित सम्पूर्ण रूपान्तरण प्याक प्राप्त गर्नेछन् ।

भिडियो पठाउने अन्तिम मिति २०२६ जनवरी २ र विजेता घोषणा मिति २०२६ जनवरी ७ तोकिएको छ । नेपाली घरलाई आधुनिक, आकर्षक र आरामदायक बनाउन कार्यक्रम अघि बढाइएको लामिनारले जनाएको छ ।

Share News