दार्चुलामा गयो भूकम्प

दशरथचन्द । दार्चुलामा भूकम्प भएको छ ।  उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो ।

आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए ।

भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।

Share News