बजारमा ११ दरका ३ खर्ब ४२ अर्ब थान नोट, ५ सय र १ हजारका नोटको संख्या बढाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हाल रू. १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५०० र १००० गरी जम्मा ११ दरका नोटहरू चलनचल्तीमा रहेका छन् । तर, बजारमा चलनचल्तीमा रहेपनि राष्ट्र बैंकले हाल रू. १, २, २५ र २५० को नोटहरू निष्कासन गर्न छाडेको छ । 

राष्ट्र बैंकका अनुसार २०८२ असारसम्ममा विभिन्न दरका ३ खर्ब ४२ अर्ब ७२ करोड ५३ लाख २०२ थान नोट चलनचल्तीमा रहेका छन् । उक्त नोटहरु ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरको रहेको राष्ट्र बैंकले जनाएको छ । जबकि २०८१ असारसम्ममा विभिन्न दरका गरी ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँ बराबरका ३ खर्ब ३७ अर्ब ७८ करोड ६० लाख ८३९ थान नोट बजारमा चलनचल्तीमा थिए ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष राष्ट्र बैंकले १.४६ प्रतिशत अर्थात् ४ करोड ९३ लाख ९२ हजार ३६३ थान नोटको संख्या बजारमा बढाएको हो । अथवा १०.३२ प्रतिशत अर्थात ७१ अर्ब २६ करोड रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
 

कुन दरका कति नोट ? 

राष्ट्र बैंकका अनुसार रू. १ दरका १६ करोड ९ लाख ७४ हजार ६३५ रुपैयाँ बराबरका १६ करोड ९ लाख ७४ हजार ६३५ थान नोट बजारमा चलनचल्तीमा रहेका छन् । 

रू. २ दरका १८ करोड ५० लाख ७८ हजार ६६० रुपैयाँ बराबरका ९ करोड २५ लाख ३९ हजार ३३० थान नोट, रू. ५ दरका ३ अर्ब ७६ करोड २५ लाख ८ हजार ९३० रुपैयाँ बराबरका ७५ करोड २५ लाख १ हजार ७८६ थान नोट, रू. १० दरका ५ अर्ब ८४ करोड ५७ लाख १२ हजार १० रुपैयाँ दरका ५८ करोड ४५ लाख ७१ हजार २०१ थान नोट बजारमा चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, रू. २० दरका ७ अर्ब ६७ करोड ८७ लाख ४४ हजार ५४० रुपैयाँ बराबरका ३८ करोड ३९ लाख ३७ हजार २२७ थान नोट, रू. २५ दरका ५ करोड ७० लाख २० हजार ७५ रुपैयाँ बराबरका २२ लाख ८० हजार ८०३ थान नोट, रू. ५० दरका १३ अर्ब ६१ करोड १० लाख ७९ हजार ४ सय रुपैयाँ बराबरका २७ करोड २२ लाख २१ हजार ५८८ थान नोट, रू. १०० दरका ३१ अर्ब ४१ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरका ३१ करोड ४१ लाख ३२ हजार ८९० थान नोट बजारमा चलनचल्तीमा रहेका छन् । 

राष्ट्र बैंकका अनुसार रू. २५० दरका ८ करोड ७४ लाख २१ हजार २५० रुपैयाँ बराबरका ३ लाख ४९ हजार ६८५ थान नोट, रू. ५०० दरका १ खर्ब ६५ अर्ब १३ करोड ५८ लाख ८५ हजार ५ सय रुपैयाँ बराबरका ३३ करोड २ लाख ७१ हजार ७७१ थान नोट र रू. १००० दरका ५ खर्ब ३३ अर्ब ४७ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरका ५३ करोड ३४ लाख ७२ हजार २८६ थान नोट चलनचल्तीमा रहेका छन् । 

null

यसकारण बन्द भए १, २, २५, २५० रुपैयाँ दरका नोट

राष्ट्र बैंकका प्रधान सहायक तथा नेपाली मुद्रा संकलक श्याम खतिवडाका अनुसार नोटहरू विदेशबाट छपाइ गरेर ल्याउनुपर्ने हुन्छ । १ रुपैयाँ र २ रुपैयाँका नोटको भ्यालूभन्दा क्रयशक्ति कम र नोट छपाइ गर्दा लाग्ने लागत बढी हुने भएकाले निष्काशनमा रोक लगाएको उनी बताउँछन् ।

‘बजारमा १ रुपैयाँ र २ रुपैयाँमा सामान पनि पाउन छोड्यो । त्यसैले छपाइ गरेर ल्याउनुभन्दा चलनचल्तीमा नभएकै राम्रो हुने भयो । भारतमा १० रुपैयाँसम्मको सिक्का छापिन्छन् भने १ र २ दरका नोट र सिक्का कम हुँदै गएको छ । राष्ट्र बैंकले १ रुपैयाँ र २ रुपैयाँका नोट छाप्न रोकेको हो भने विगतमा छापिएका नोट मात्रै बजारमा चलनचल्तीमा छन्,’ उनले भने । 

साथै २५ रुपैयाँ र २५० रुपैयाँका नोट भने राजा वीरेन्द्रको गद्दी आरोहणको रजत महोत्सवमा निकालिएको स्मारिका नोट हुन् । स्मारिका नोट एकपटक चलनचल्तीमा ल्याएपछि दोस्रोपटक ननिकाल्ने चलन रहेको उनले सुनाए । 

कुन दरका नोटको संख्या घट्यो ?

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा नोटहरुको संख्या ४ करोड ९३ लाख ९२ हजार ३६३ थान बढेको छ । तर, विभिन्न ८ दरका नोटको संख्या घट्दा ३ दरका नोटको संख्या बढेको छ । 

अघिल्लो वर्षको तुलनामा गत वर्ष रू. १ दरका ११ हजार ९६८ थान, रू.२ दरका १९ हजार ६९६ थान, रू. १० दरका १ करोड ८५ लाख ५२ हजार ७७३ थान, रू. २० दरका १ करोड ७२ लाख ९३ हजार ७२४ थान, रू. २५ दरका ४९३ थान, रू. ५० दरका ९४ लाख २२ हजार ३११ थान, रू. १०० दरका १ करोड ११ लाख ७८ हजार ९७८ थान र रू. २५० दरका ६ थान नोट घटेका छन् ।

रू. ५ दरका ४२ लाख ७६ हजार ७४९ थान, रू. ५०० दरका ५ करोड ६४ लाख ७२ हजार ९३२ थान र रू. १००० दरका ४ करोड ५१ लाख २२ हजार ६३१ थान नयाँ नोट बजारमा पठाएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

Share News