गुण्डुमा ओलीको घर निर्माण सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास निर्माण कार्य सुरु भएको छ । 

भक्तपुरको गुण्डुमा ओलीकुटी नाम दिइएको निवास निर्माण सुरु भएको एमालेको पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए ।

बिहीवार मध्यान्ह ओली पत्नी राधिका शाक्यले कुटी निर्माणको सुरुवात गरिन् । 

ओलीको बालकोटको घरमा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी भएपछि उनी गुण्डुमै भाडाको घरमा बस्दै आएका थिए ।

Share News