काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकको लागि लिइएको नाम दर्ता (विशेष परीक्षा)को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार ७५.२५ प्रतिशत उत्तीर्ण भएका हुन् ।
काउन्सिलका अनुसार विभिन्न २८ विषयका २०४ जनाले फारम भरेकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी २ सय २ जनामध्ये १ सय ५२ जना ७५.२५ प्रतिशत चिकित्सक पास भएका जनाइएको छ । परीक्षामा सहभागी ५० जना चिकित्सकले चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह परीक्षा पास गर्न सकेनन् ।
नेपाल मेडिकल काउन्सिलले स्नातक तह (एमबीबएिस र बीडीएस) चिकित्सकहरूको नाम दर्ता (लाइसेन्स) परीक्षा र विशेषज्ञ चिकित्सकहरूको विशेष परीक्षा वर्षको तीन तीन पटक लिने गरको छ ।